मोति छन्दकलाको पाँचौं पुष्प साउन १९ गते विमोचन गर्ने निर्णय

विर्तामोड /  झापाको विर्तामोडमा आइतवार सम्पन्न मोति छन्दकला प्रकाशन समितिको बैठकले मोति छन्दकलाको पाँचौं पुष्प यही साउन १९ गते विमोचन गर्ने निर्णय गरेको छ ।

पाँचौ अंकसम्म निरन्तर छन्दकला प्रकाशन गर्दै आएका प्रकाशक गणेश खनाल निवासमा मोति छन्दकलाका संयोजक रोहिणीविलास लुईँटेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको विष्णुकुमार भट्टराईले जानकारी दिनुभयो ।

साउन १९ गते गोमेन्द्र कलेजमा विमोचन गरिने पाँचौ पुष्पको प्रमुख अतिथि साहित्यकार होम सुवेदीले गर्ने बताइएको छ ।

बैठकले मोति छन्दकलाका सल्लाहकार गोपीकृष्ण खनालको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।