दागबत्ती दिन बञ्चित चिमरियालाई चिमरिया बन्धु समाजबाट पनि बहिस्कार

भद्रपुर / झापा भद्रपुर १० का चुणामणी चिमरियाले आमाको दाहसंस्कारमा दागबत्ती दिन नदिएको भन्ने प्रचार प्रती चिमरिया बन्धु समाजले आपत्ती जनाएको छ ।

बाचुन्जेल आफ्नी आमा अम्बिका चिमरियालाई नहेरेको, अपहेलना गरेको कारण आमाबुबा प्रती यस्तो कार्य गर्नेलाई चिमरिया बन्धु समाजले समेत बाहिस्कार गर्ने निर्णय एक बिज्ञप्ती मार्फत गरेको छ ।

समाजद्वारा जारी बिज्ञप्ती अनुसार २४ बर्ष अघीदेखि छोरीकै घरमा बस्दै आएकी आफ्नी आमालाइ छोरा चुणामणीले हेरचाह नगरेको साथै हेला गरेको भनिएको छ ।

अन्तिम अवस्थामा आमाले छोराको खोजी गर्दा पनि उपस्थित नभएको, अन्त्येष्टी कार्यमा मात्र उपस्थित भई आमा प्रतिको सम्मानको बदला घृणित व्यवहार गरेको ठहर गरेको छ ।

साथै निजले र निजको परिवारले बिगतमा चिमरिया परिवार तथा चिमरिया बन्धु समाज प्रति गरेको अहम व्यवहार प्रति पनि खेद प्रकट गरेको छ ।

चिमरिया बन्धु समाजको सामाजिक कार्यमा सहभागी नभएको तथा परिवारबाट पनि पटकपटक चिमरिया बन्धुसमाज प्रती अपमानजनक व्यवहार गरेका कारणले समाजबाट बहिस्कार गरिएको जनाएको छ ।

समाजका अध्यक्ष घनश्याम चिमरियाको अध्यक्षतामा मंगलबार बसेको चिमरिया बन्धु समाजको आकस्मिक बैठकले निजलाई कारबाही स्वरुप आमाको दशगात्रकार्य आफ्नै घरमा गर्दै रहे पनि १३ दिन सम्म कुनै पनि चिमरिया बन्धु निजको घरमा नजाने सर्वसम्मत निर्णय गरि प्रेस बिज्ञप्ती मार्फत जनाईएको छ ।