इन्टरनेटको मुल्य नबढ्ने

काठमाण्डौ / साउन १ गतेदेखि लागू भएको दूरसञ्चार कर पछि बढेको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित समितिको सिफारिशमा उक्त मूल्य बृद्धि नगर्ने निर्णय भएको हो ।

आर्थिक ऐन, वर्ष २०७५ बमोजिम साउन १ गतेदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसंचार सेवा शुल्क (टीएससी) लगाउने सरकारले व्यवस्था गरेको थियो । सो व्यवस्थाबाट इन्टरनेट शुल्कमा बृद्धी हुने भन्दै इन्टरनेट सेवा प्रदायकले शुल्क बृद्धी गरेका थिए ।