गीतकार किरण के उप्रेतीको तीज गीत ‘स्वामी ज्यू’ सार्वजनिक (भिडियो सहित)

विर्तामोड /नेपाली महिलाको पवित्र चाड तीजलाई लक्षित गरी गीतकार किरण के उप्रेतीको तीज गीत ‘स्वामी ज्यू’ सार्वजनिक भएको छ ।

शुक्रबार उप्रेतीद्धारा रचित उक्त गीतको म्यूजिक भिडियो यूट्यूब मार्फत सार्वजनिक भएको हो । गीतमा गायिका बीना भट्टराइको स्वर रहेको छ भने संगीत मिन गुरुङले गरेका छन् ।

http://https://youtu.be/2KUMYVogQLY

म्यूजिक भिडियोमा मीन गुरुङ र अनु शाहको अभिनय रहेको छ । गीतको एरेन्ज सुदीप सागर, सम्पादन विकास ज्ञवाली र म्यूजिक भिडियो ज्ञानेन्द्र शर्माले खिचेका छन् ।

डस म्यूजिक नेपालले प्रस्तुत गरेको भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।