‘छक्कापञ्जा ३’ को पहिलो नम्बरमा भिडियो सार्वजनिक, गीतमा ‘हेभीवेट’ को उत्कृष्ट नृत्य

गोपिन पोखरेल-

विर्तामोड / राम्रो नृत्य गर्न दुब्लो पातलो हुनुपर्छ भन्ने छैन् । ‘हेभीवेटले’ पनि चाहे भने राम्रो नाच्न सक्छन् ।

यस्तै, उदाहरण देख्न पाइन्छ चलचित्र छक्कापञ्जा ३ को पहिलो नम्बरमा गीतमा । चलचित्र छक्कापञ्जा ३ को पहिलो नम्बरमा गीतको भिडियोमा दिपा श्री निरौलाले हेभीवेट भएपनि राम्रो नृत्य प्रस्तुत गरेकी छिन् ।

उनले यो गीतको नृत्यका लागि १५ दिन भात खाइनन् । १५ दिन भात नखाँदा उनले ५ केजी वजन घटाएको बताएकी छन् ।

उनै दिपा श्री निरौला निर्देशित नेपाली कथानक चलचित्र छक्कापञ्जा ३ को पहिलो नम्बरमा गीतको म्यूजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।

http://https://youtu.be/sP5iikc2MW4

कमेडी कलाकारलाई नृत्यमा सुन्दर पाराले उतारेर निक्कै मेहनतका साथ गीत र भिडियो तयार पारिएको छ ।

गीतको छायाङ्कन ६ दिन लगाएर गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा दिपा श्री निरौला, दिपकराज गिरी, जीतु नेपाल, प्रियंका कार्की, दिपिका प्रसाई, बुद्धी तामाङ, स्वस्तीमा खड्का, बर्षा राउत, केदार प्रसाद घिमिरे माग्ने बुढा लगायतले सुन्दर नृत्य प्रस्तुत गरेका छन् ।

गीत डेभिड शंकर र बिन्दु परियारले गाएका हुन् भने गीतमा राजेन्द्र थापाको शव्द रहेको छ । गीतमा दिपक शर्माले संगीत गरेका छन् भने कविराज गहतराजले भिडियोको कोरीययोग्राफी गरेका छन् ।

चलचित्रको निर्देशन दिपा श्री निरौलाले गरेकी हुन । गीत रिलिज भएको ४ घण्टामा २ लाख ९० हजार जनाले हेरिसकेका छन् ।

पहिलो नम्बरमा गीतले रिलिज भएको छोटो समयमै धेरै भ्यूअर्स पाएको हँदा यो टीमले निर्माण गरेको अघिल्ला फिल्मको रेकर्ड सजिलै तोड्न सक्ने देखिएको छ ।