विर्तामोड नगरपालिकाद्धारा विपन्नलाई खसी बाख्रा वितरण

बिर्तामोड / बिर्तामोड नगरपालिकाले आफ्नो पशुपालन सम्बन्धी नीति तथा कार्यक्रम अन्तरगत बिपन्न तथा गरिब समुदाय एबम् लक्षित बर्गमा खसी बाख्रा बितरण गरेको छ ।
नगरको बडा नं ७ स्थित बेलडागी भुटानी शिबिर नजिकै रहेको टोलका १५ परिबारलाई ४५ थान खसी बाख्रा बितरण गरेको हो ।
आइतबार आयोजित कार्यक्रमका बीच खसी र बाख्रा बाँडिएको नगर पालिकाकी पशु अधिकृत सानुमायाँ श्रेष्ठले बताउनु भयो । उनका अनुसार यस नगरका हालसम्ममा १०५ बटा खसी बाख्रा बितरण गरिएको छ ।
त्यहाँ आयोजित कार्यक्रममा नगर प्रमुख ध्रुबकुमार शिबाकोटी, उप प्रमुख पबित्रा महतारा प्रसाईले खसी तथा बाख्रा प्रदान गरेका थिए ।