उत्तर कोरियाद्वारा अमेरिकाको विरोध

सोल / उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरू प्योङयाङमाथिका प्रतिबन्ध कडा पार्ने तायरी गरेको आरोप लगाउँदै परमाणु नि:शस्त्रीकरण प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

उत्तरले नि:शस्त्रीकरणका लागि परमाणु र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम स्थगित गर्नुका साथै परमाणु परीक्षण केन्द्र बन्द गरिसकेको रोयटर्सले जनाएको छ । तर, अमेरिकाले एकपक्षीय रूपमा पहिले नै परमाणु हतियार त्याग्नुपर्ने सर्त अगाडि सारेको भन्दै कडा आपत्ति जनाएको छ ।

‘अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ, यो विगतमै असफल भइसकेको सिद्धान्त हो,’ उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको कान्तिपुरमा खबर छ ।