प्रधानमन्त्री ओली र डा. केसीबीच भेटबार्ता

कठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच आज काठमाण्डौंमा भेटबार्ता भइरहेको छ ।

१५ र्औ पटकको अनसनका क्रममा भएका सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा केसी प्रधानमन्त्रीसँग बार्ता गर्न जुटेका हुन ।

स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखि असार १६ गतेबाट डा. केसी १५ औं पटकको अनसन जुम्लाबाट सुरु गरेका थिए ।

काठमाण्डौ उपत्यका भित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आसयपत्र नदिनेलगायत सरकारसँग ९ बुँदे सहमतिसँगै अनसनरत डा. केसीले साउन ९ गते राति अनसन तोडेका थिए ।