सतासी सहकारीले हल्दिबारीमा गर्यो प्रतिनिधि छनोट

विर्तामोड / श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेडले १५ औं वार्षिक साधारणसभाको लागि सोमबार हल्दिबारी गाँउपालिकामा प्रतिनिधि छनोट सम्पन्न गरेको छ ।

संस्थाले साधारणसभाका लागि १० जना बराबर १ को अनुपातमा प्रतिनिधि छनोट गरेको संस्थाका प्रबन्धक सन्तोष श्रेष्ठले जानकारी दिए ।
हल्दिबारी २ स्थित रेडक्रस भवनमा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष रुद्रमणी श्रेष्ठले संस्थाको नीति तथा कार्यक्रमबारे शेयर सदस्यहरुलाई जानकारी गराएका थिए ।

अध्यक्ष श्रेष्ठले एक व्यक्ति एक सहकारी संस्थाको अवधारणले सक्रिय रुपमा बचत तथा ऋणको कारोबार गरे संस्थामा कहिल्यै आँच नआउने कुरा प्रष्ट पारे ।

प्रतिनिधि छनोट कार्यक्रममा हल्दिबारी इकाई संयोजक धनबहादुर श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सन्तोष श्रेष्ठले गरेका थिए ।

सहकारीले संस्थाको १५ औं साधारणसभाका लागि प्रतिनिधि छनोट अन्तर्गत हल्दिबारीमा कार्यक्रम सन्पन्न गरेको हो ।

सतासीले भदौ ६ गते मेचीनगर नगरपालिकास्थित वाणिज्य संघमा, ७ गते कन्काई जेसीज भवन सुरुङगामा, ९ गते संस्थाको भवन विर्तामोडमा र ११ गते अर्जुनधाराको जनजाती भवनमा प्रतिनिधि छनोट गर्ने कार्यक्रम रहेको प्रबन्धक श्रेष्ठले जानकारी दिए ।