चन्द्रमामा फेला पर्यो आइसका टुक्रा

काठमाडौँ / वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् । चन्द्रमाको ध्रुवीय क्षेत्रमा पर्ने अध्याँरो र चिसो ठाउँहरुमा जमेको पानी फेला परेको नासाले जनाएको छ ।

भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान–१ नामक अन्तरीक्षयानबाट प्राप्त डाटाबाट चन्द्रमामा आइसका टुक्राहरु पाइएको हो। टुक्राको रुपमा फैलिएका ती आइस प्राचिन हुनसक्ने नासाले जनाएको छ।
चन्द्रमाको दक्षिणी ध्रुवको लुनर क्रेटरमा थुप्रिएको र उत्तरी ध्रुवमा छरिएर रहेको अवस्थामा आईसका टुक्राहरु रहेका छन्।
हुवाई एण्ड ब्रोन विश्विद्यालयका वैज्ञानिक सौ लि र नासाको एम्स रिर्सज सेन्टरका वैज्ञानिक रिचार्ड इल्फिक नेतृत्वको टोलीले चन्द्रमा आइसको टुक्रा रहेको पत्ता लगाएका हुन्।
चन्द्रयान–१मा प्रयोग गरिएको नासाको मुन मिनेरोलोजी म्यापर(एम–३) उपकरणको मद्दतबाट चन्द्रमाको सतहमा भएको वाटर आइस पत्ता लागेको हो।
भेटिएका वाटर आइसहरु ध्रुव्रीय क्षेत्रमा रहेका क्रेटर्सको छायाँमा पाइएको नासाले जनाएको छ।
उक्त क्षेत्रको तापक्रम माइनस १ सय ५६ डिग्रीभन्दा कहिल्यै माथि नजाने नासाद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ। आफ्नो अक्षमा घुम्ने क्रममा चन्द्रमा धेरै थोरै डल्कने गर्दा उक्त क्षेत्रमा सूर्यको किरणहरु नपुगेको नासाले जनाएको छ।
अनुसन्धानको विस्तृत रिर्पोट प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित भएको थियो। कान्तिपुर दैनिक