साधारणसभाका लागि प्रतिनिधि छनोट गर्दै सतासी सहकारी

विर्तामोड/ श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेडले १५ औं वार्षिक साधारणसभाको लागि विर्तामोड सेवाकेन्द्रबाट १४० जना प्रतिनिधि छनोट गरेको छ ।

संस्थाले शनिबार विर्तामोडस्थित आफ्नै भवनमा कार्यक्रम गरी प्रतिनिधि छनोट गर्ने कार्य सम्पन्न गरेको सञ्चालक समिति सदस्य एवम् कर्जा समिति संयोजक लक्ष्मीकान्त खनालले जानकारी दिए ।

संस्थामा रहेर राम्रो कारोबार गर्ने शेयर सदस्यहरुलाई छनोट गरिएको खनालले बताए । कर्जा संयोजक खनालले संस्थाको नीति तथा कार्यक्रमका बारेमा जानकारी समेत गराएका थिए ।

संस्थाकी अपाध्यक्ष सुजता सुजता गुरुङ थापामगरको सभापतित्वमा आयोजित कार्यक्रममा विर्तामोड इकाई समिति सदस्य कुमार दर्नालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रबन्धक सञ्तोष श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा प्रेमसागर खनाल, तेजबहादुर थापालगायतको उपस्थिति थियो ।

संस्थाले यसअघि ६ गते धुलाबारी र ८ गते सुरुङ्गामा कार्यक्रम गरी प्रतिनिधि छनोट गरिसकेको छ । भदौ ११ गते शनिश्चरेमा प्रतिनिधि छनोट गर्ने कार्यक्रम रहेको प्रबन्धक श्रेष्ठले बताए ।