पुष्पा हत्याका तीन चरण : ‘स्कुलमै फकाइयो, बाहिर बलात्कारको प्रयासपछि हत्या गरियो’

पोखरा/  पोखरा १९ लामाचौरकी १३ वर्षीय पुष्पा केसीको मृत्यु भएको साता दिन पुग्‍न लाग्यो।

उनको मृत्यु कसरी भयो भन्ने तथ्य अझै बाहिर आउन सकेको छैन। उनको पोष्टमार्टम भइसकेको छ, यद्यपि रिपोर्ट भने आउनै बाँकी छ।

विद्यालयबाट घर फर्कँदा विद्यालयकै बसमा आउने उनी सधैँ घरकै गेटमा बहिनी दियासँगै ओर्लन्थिन्। तर, गत बिहीबार उनी घरको गेटमा नओर्ली घर नपुग्दैको चौर चोकमा ओर्लेर गोलभेँडा किन्न भन्दै बहिनीलाई झोला थपाएर बाटो लागिन्।

आँखाको दूरदृष्टि कमजोर भएकी पुष्पा यसअघि कहिल्यै घरको कुनै पनि सामान किन्न जाँदिनथिन्, उनलाई कसैले त्यस्तो काम नै लगाउँदैनथे।

दिदीले दिएको गह्रौँ झोला बोकेर दिया दिदी गोलभेँडा किन्न गएको भन्दै घर पुगिन्।  उनलाई आफ्नो घरको कसैले गोलभेँडा ल्याउन भनेकै थिएन। सधैँ साँझ पाँच बजे भित्र घर आइपुग्ने दिया साँझ छ बजेसम्म नआइपुगेपछि परिवारका सदस्यहरू अचम्ममा परे।

आत्तिए र खोज्न थाले। टोलमा सबैलाई खबर गरे।  साँझ र राति गाउँले सबै मिलेर खोजे पनि पुष्पालाई भेट्टाउन सकेनन्। भोलिपल्ट शुक्रबार दिउँसो प्रहरीलाई खबर गरेपछि प्रहरीको सहयोगमा बल्ल पुष्पालाई भेटियो।

जब पुष्पालाई परिवारका सदस्यले भेटे त्यति बेला पुष्पाको मृत्यु भइसकेको थियो। थाहाखबरबाट