सुर्यमुखी शाकोसको साधारणसभा सम्पन्न

दमक /  दमक–५ स्थित सुर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो तेश्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय कस्मिक पार्टी प्यालेशको सभाहलमा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरेको हो ।

क्षेत्रीय सहकारी समन्वय समितिका संयोजक प्रेम कोइरालाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा संस्थाले गएको वर्ष उत्कृष्ठ कारोवार गर्ने ४० जना शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो । संस्थाले सदस्य बचत,बालबचत तथा कर्जातर्फ नियमीत कारोवार गर्ने ती सदस्यहरुलाई प्रंशसापत्रसहित पुरस्कृत गरिएको व्यवस्थापक गोकुल न्यौपानेले बताए ।

साधारणसभामा संस्थाका अध्यक्ष चुडामणि ओझाले अध्यक्षको प्रतिवेदन र लेखा समितिका तर्फबाट लेखा संयोजक चुडामणि न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रले ती दुवै प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।

उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, सहकारी कर्मचारी संघका जिल्ला अध्यक्ष निलकण्ठ निरौला, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक विवेक डाँगी, ओम सतासी शाकोसका अध्यक्ष राजन दंगाल, फाल्गुनन्द शाकोसका अध्यक्ष संकल्प लिङदेन, साधाना शाकोसका अध्यक्ष विष्णु भट्टराई, मेची सहकारीका व्यवस्थापक खोमप्रसाद थापा,कञ्चनजंघा बहुउद्देश्यीय सहकारीका अध्यक्ष मणिकुमार भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्था स्थापना भएको तीन वर्षमै सहकारीको शेयर पूंजी १ करोड ३७ लाख ५० हजार ७ सय पुगेको छ । ७१ लाख ४३ हजार ४ सय शेयर पूंजीबाट शुरु गरिएको सहकारीले तीन वर्षमै त्यतिका शेयर पूंजी बनाउन सफल भएको संस्थाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ ।

७२७ जना शेयर सदस्य रहेको सो संस्थाले गएको वर्ष कोषमा ५२ लाख ५८ हजार २ सय ३,बचतमा ९ करोड १६ लाख २० हजार ७ सय ४९ र १२ करोड ३१ लाख ९ हजार ६ सय ५४ रुपैया कर्जा लगानी गरेको जनाईएको छ, हाम्रो दमकमा खबर छ ।