पहिलो पाईला नेपालको बाल हिंसा बिरुद्ध चेतनामूलक कार्यक्रम

अर्जुनधारा  / बालबालिकालाई बाल हिंसा बिरुद्ध जागरुक गराउँने उदेश्यले पहिलो पाईला नेपाल, नामक सामाजिक संस्थाले आज झापाको अर्जुनधारा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले अर्जुनधारा नगरपालिका वडा नं। ६ को लक्ष्मी माध्यमिक विद्यालयमा चेतनामूलक कार्यक्रम संचालन गरेको संस्थाका सचिव मदन ओलीले जानकारी दिए ।

चेतनामूलक कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ, नौ र दशका सत्तरी जना विद्यार्थीहरु सहभागी थिए ।

बालबालिकालाई बाल हिंसा बिरुद्ध जागरुक गराउँदै त्यस विरुद्ध कानूनी रुपमा लड्न, सवल र सक्षम बनाउन उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका झापा जिल्लाका अध्यक्ष कृष्ण अग्रवालले वताए ।

अधिवक्ता कमला आचार्य र देवि निरौलाले सहजीकरण गरेको कार्यक्रमको संचालन आरजु उप्रेतीले गरेकि थिइन ।

कार्यक्रम विद्यालयका सह–प्रध्यापक घनश्याम डाँगीको प्रमुख अतिथ्यता तथा सस्थाका केन्द्रिय सदस्य मोनिका अधिकारीको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको थियो ।

बाल हिंसा बिरुद्ध जागरुक गराउँने यस्ता कार्यक्रम झापाको विभिन्न विद्ययालयमा संचालन गरिने आयोजक सस्थाका अध्यक्ष अग्रवालले जानकारी दिए ।