‘कस्मेटीक कम्पनीले सामान उत्पादन गर्दा मानव स्वास्थ्यलाई ध्यान दिन जरुरी छ’-नगरप्रमुख शिवाकोटी झापाका सौन्दर्य व्यवसायी महिलाले मनाए तिज

विर्तामोड / हरितालिका तिजको अवसरमा झापाका सौन्दर्य व्यवसायी महिलाहरुले विर्तामोडमा आयोजित ‘तिज मेला २०७५’ मा दर खाएर तिज मनाएका छन् ।

नेचर्र्स (नेचर्स इसेन्स एण्ड कलर्स इसेन्स नेपाल) कम्पनीको आयोजना तथा विर्तामोडको मनोज श्री सप्लायर्सको सह आयोजनामा आज विर्तामोडको आदर्श वेङ्क्वेटमा तिज मेलाको आयोजना गरिएको हो ।

मनोज श्री सप्लायर्सका सञ्चालक मनोज चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा झापाको १५० भन्दाबढी सौन्दर्य व्यवसायी महिलाहरुको उपस्थिति थियो ।

तिज मेलामा प्रमुख अतिथि विर्तामोड नगरप्रमुख ध्रुव शिवाकोटीले सौन्दर्य सामाग्री उत्पादक कम्पनीहरुले आफ्नो उत्पादन बजारमा ल्याउँदा मानव स्वास्थ्यलाई ध्यान दिनुपर्ने सुझाव दिए ।

‘कम्पनीले कमसल सौन्दर्य सामाग्रीहरु उत्पादन गरे महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्छ’ नगरप्रमुख शिवाकोटीले भने- ‘गुणस्तरीय उत्पादनले मात्र महिलाको स्वास्थ्य र सौन्दर्यमा निखार ल्याउन मद्यत पुग्छ ।’

कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, छैट सेवा समाजका अध्यक्ष घनश्याम चौधरी, सौन्दर्य व्यवसायी संघ विर्तामोड नगर अध्यक्ष उमा कटुवाल, उपाध्यक्ष ललिता अधिकारी, विर्तामोड लेडी जेसीजकी अध्यक्ष नम्रता ढकाललगायतले तिज मेलाको भव्य सफलताको शुभकामना दिएका थिए ।

कम्पनीका प्रतिनिधि प्रकाश आचार्यले नेचर्स कम्पनीका उत्पादन युणस्तरीय भएकोले ढुक्क भएर प्रयोग गर्न सौन्दर्य व्यवसायीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सौन्दर्य व्यवसायी उमा कटुवालले नेचर्र्स कम्पनीको उत्पादन प्रयोग गरेर बेहुली सिंगार्ने ‘डेमो’ समेत प्रस्तुत गरेकी थिइन ।

इटहरीकी गायिका चन्दा खड्काले सञ्चालन गरेको कार्यक्रममा अनमोल आचार्यले स्वागत मन्तव्य राखेका थिए भने आषिश पौडेल, प्रमोद राईलगायतले कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

तीज मेलामा उपस्थित सौन्दर्य व्यवसायी महिलाहरु बिच प्रतिष्पर्धात्मक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

प्रतियोगितामा देवीदर्शन व्यूटीपार्लरकी सञ्जीता कालिकोटे प्रथम, पूर्वाञ्चल व्यूटीपार्लरकी नेहा स्र्मती दितीय र आश्मा खत्री तृतीय भएका थिए । नृत्य प्रतियोगितामा २० जना सौन्दर्य व्यवसायीले भाग लिएका थिए ।

प्रतियोगिलाई मनोज श्री सप्लायर्सले आकर्षक गिफ्टह्याम्परको व्यवस्था गरेको थियो ।