गरिमा विकास बैैँक र युनियनलाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता

विर्तामोड / गरिमा विकास बैैँक लिमिटेड र युनियनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र युनियनलाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कणले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई संस्था बिचको सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले बैकका सम्पूर्ण ६० वटा शाखा कार्यालयबाट युनियनलाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धि सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।