बलात्कार आरोपमा कञ्चनपुरमा थप एक जना पक्राउ

कञ्चनपुर /  सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप एक जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि भाद्र १४ बिहीबार राति सामुहिक बलात्कार भएको थियो । पिडित पक्षले दिएको किटानिको आधारमा बेल्डाँडी गाउँपालिका वडा नंं. १ का २२ वर्षीय जनक खडकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१५ गते मानबहादुर बिष्टलाई पक्राउ गरी सकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायत जानकारी  दिए ।

भाद्र १४ बिहीबार राति ती बालिकाको घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका ती युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएका थिए ।

सडकका पुगेकी ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर घरदेखि अर्को गाउँ जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेको आरोप छ ।

 साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरीएको थियो भने अहिले सम्म हत्यारा पत्ता लाग्न  सकेको छैन ।