चलचित्र ‘दैलो’ को ‘कुतु कुतु लाग्यो मलाई कुतु कुतु’ गीत सार्वजनिक (भिडियो पनि)

विर्तामोड / नेपाली कथानक चलचित्र “दैलो” को बहु प्रतिक्षीत “कुतु कुतु लाग्यो मलाई कुतु कुतु” गितको म्यूजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ ।

जमुना देवि फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र “दैलो” को “कुतु कुतु लाग्यो मलाई,कुतु कुतु” बोलको गित हाईलाइृट्स नेपालले युट्यूभ च्यानल मार्फत सार्वजनिक गरेको हो ।

सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माणमा भएको नेपाली कथानक चलचित्र “दैलो”ेको उक्त गितमा नबोदित गायिका दुर्गा साउदले स्वर दिएकी छन् ।

लक्षु प्रकाश मल्लको संगित तथा बिमल भट्टराईले शब्द रहेको “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको उक्त गित दर्शक तथा श्रोता माझ निक्कै लौकप्रिय हुने निर्माण पक्षले विश्वास लिएको छ ।

चलचित्रमा आईटम गीतका रुपमा प्रस्तुत गरिएको उक्त गितमा गम्बीर बिष्टले नृत्य निर्देशन गरेका छन् भने, झापाकी पवन पाठकले नृत्य गरेकी छन् ।

चलचित्रमा जम्मा २ वटा गित रहेको निमार्ण नियन्त्रक दृष्टान्त आर्चायले जानकारी दिए ।

बिशुद्ध सामाजिक तथा पारिवारीक कथा बस्तुमा निर्माण भएको चलचित्र “दैलो” आउदो कार्तिक ३० गतेबाट नेपालभर एकसाथ प्रर्दशनमा आउने निर्देशक सुरेश उप्रतीले जानकारी दिए । चलचित्र प्रर्दशनको जिम्मा उपत्यका बाहिर एफ डि कम्पनिले लिएको छ ।

चलचित्रमा सुरेश उप्रेती , दुर्गा साउन , बिकाश चापागाई , दिक्षा आचार्य सापकोटा , मुना प्रसाई, दिपक डोटेल , सपना श्रेष्ठ , जिवन कुईकेल सँजय न्यौपाने अनु ढुङगाना तथा वाल कलाकार सुयोग उप्रतीलगायतले अभिनय गरेका छन् ।

बिषेश गरि झापा,ईलाम र काठमाण्डौमा छाँयाँकन गरिएको चलचित्र “दैलो”मा बिमल भट्टराईले छाँयाँकनको भुमिका निर्वाह गरेका छन् भने तारा थापा किम्बेको एडिटीङ र सागर आर्चायले ५।१ मिक्सिङको कुसलता प्रस्तुत गरेका छन् ।