आइटम गर्लका रुपमा पवनको चलचित्रमा डेब्यू

झापा /  झापा बुधबारेकी पवन पाठक चलचित्रमा डेब्यू गरेकी छिन् । उनी नेपाली चलचित्र ‘दैलो’ को आइटम गीत मार्फत चलचित्रको दुनियाँमा डेब्यू गरेकी हुन् ।

दैलो को ‘लाग्यो मलाई कुतु कुतु.’ बोलको गीतमा पवन आइटम गर्लका रुपमा देखिने छिन् । यद्यपी आइटम गर्लका रुपमा देखिएकी पवनको अभिनित ‘लाग्यो मलाई कुतु कुतु.’ बोलको गीत भने हालै सार्वजनिक भएको छ ।

सार्बजनिक भएको केही दिनमा नै सो गीतले चर्चा पाइसकेको छ । सानै देखि अभिनय र नृत्यलाई आप्mनो करियर बनाउने अठोट लिएकी पवनले एक पछि अर्को सफलता पाइरहेकी छिन् ।

विभिन्न म्यूजिक मिडियोमा समेत मोडलका रुपमा प्रस्तुति दिइ सकेकी पवन नेपाल टेलिभिजनबाट सञ्चालन गरिएको रियालिटी शो छमछमी सिजन–१ को टप टेन फाइनलिस्ट समेत हुन् । स्टेज पर्फमेन्समा दमदार प्रस्तुति दिने पवनले कलाकारितालाई आप्mनो पुजा सम्झने गरेको बताउँछिन् ।

कुतु कुतु गीतमा दुर्गा साउदको स्वर, विमल भट्टराईको शब्द तथा लक्षु प्रकाश मल्लको संगीत रहेको छ ।

जमुना देवी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र दैलो लाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले निर्माण गरेका हुन् । पवनको आइटम डान्सकै कारण पनि यो फिल्म चल्ने विश्वास गरिएको छ ।

गम्भीर बिष्टले कोरियोग्राफ गरेको गीत ‘लाग्यो मलाई कुतु कुतु’ मा डान्सर पवन पाठकले धमाकेदार नृत्य गरेकी छन् । धेरैवटा म्युजिक भिडियोमा आप्mनो कला प्रस्तुत गरिसकेकी पवनले यसै चलचित्रको गीत मार्फत आइटम गर्लको रुपमा डेब्यु गरेकी हुन् ।

उनले चलचित्र हेरेर सुझाव दिन भनेकी छिन् ।