सिम्रिक सहकारीले गर्यो शारिरीक असक्त शेयरसदस्यको ऋण मिनाह

विर्तामोड  सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शारिरीक असक्त एक जना शेयर सदस्यको ऋण मिनाह गरेको छ ।

शरीरको वाँया पाटो नचल्ने प्यारालाइज भएका शिवसताक्षी नगरपालिका १० माइधारका राजेन्द्र तुम्बाफोको ऋण मिनाह गरेको हो ।

तुम्वाफो २०७४ साल मंशीरमा सिम्रिक सहकारीको शेयर सदस्य बनेका थिए । सदस्य बनेका तुम्बाफोले एक लाख रुपैया ऋण लिएका थिए । नियमित किस्ता बुझाउदै आएका तुम्बाफो एक्कासी प्यारालाइज भई ओछ्यान परे ।

उनले ७८ हजार २ सय ४० रुपैया बुझाउन बाँकी थियो । नियमित कारोवार गरी किस्ता बुझाएकाले बाँकी साँवा रकम ७८ हजार दुइसय चालिस रुपैँया मिनाह गरी संस्थाले ऋण मुक्त गरेको छ ।

संस्थाले ऋण मिनाह गरेको पत्र शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार शेर्माले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा १० नं.वडाध्यक्ष कर्णबहादुर थापा  वडासदस्य साथै स्थानीयहरुको उपस्थिती थियो ।

संस्थाको सदस्य राहत कोष कार्यक्रम अन्र्तगत यही भदौं महिनादेखि बाचुञ्जेल मासिक एक हजार रुपैया प्रत्येक महिना संस्थाले उपलब्ध गराउने व्यवस्था पनि मिलाएको छ ।

सिम्रिक सहकारीको शिवसताक्षी दुधेमा रहेको शाखा कार्यालयको चल्ती खाताबाट उक्त रकम प्राप्त गर्ने ब्यवस्था मिलाइएको छ ।

हाल सिम्रिक सहकारीमा १८ हजार भन्दा वढी सेयर सदस्य रहेका छन् । दैनिक एक रुपैया प्रत्येक सदस्यले “सदस्य राहत कोष कार्यक्रम’’ मा जम्मा गर्ने गरेका छन् ।
सो कोषमा डेढ करोड रुपैया जम्मा भईसकेको छ ।

सदस्य राहत कोष कार्यक्रम अन्र्तगत एकसय शेयर सदस्यलाई २९ लाख रुपैया उपलब्ध गराइ सकेको अध्यक्ष कमलबहादुर बस्नेतले जानकारी दिए ।

कार्यक्रम संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेका थिए ।