विर्तामोडमा टीभिएस् आपाचे १६०4V लन्च

विर्तामोड / पाथीभरा अटोलिङक विर्तामोडले नयाँ मोटरसाइकल टीभिएस् आपाचे १६० 4V लन्च गरेको छ ।

पाथिभराले टीभिएसको बडामेला मेगा एक्सचेञ्ज क्याम्पको आयोजना गरी उक्त मोडलको टीभिएस् आपाचे मोटरसाइकल लन्च गरेको हो । उक्त मोडलको आपाचेको मुल्य २ लाख ८५ हजार नौसय रहेको बताइएको छ ।

पाथिभराले भदौ २५ देखि २७ गतेसम्म मेगा एक्सचेञ्ज क्याम्प राखेको सञ्चालक वीपिन बस्नेतले बताए । मोटरसाइकल खरिदमा ६ हजार नगद छुटका साथै ५ हजारदेखि १ लाखसम्मको स्क््रयाच कुपन समेत व्यवस्था गरिएको छ ।

लक्की ड्रमा १० जनालाई दैनिक १० हजार र १ जनालाई १ लाख रुपैँया पुरस्कार रहेको बस्नेतले जानकारी दिए । सो अवसरमा सर्भिस चेकअप क्याम्प पनि गरिने बताइएको छ । बडामेलाको अवसरमा विर्तामोडमा टीभिएस् आपाचेको टेष्टड्राइभ समेत गरिएको थियो ।