सिम्रिक सहकारीको साधारणसभा सम्पन्न

विर्तामोड / सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिको आठौं वार्षिक साधारणसभा विहीबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष रमेश पोखरेलले गरेका थिए । साधारणसभाको उद्घाटन गर्दै सहकारी बैंकका अध्यक्ष पोखरेलले सहकारीले बित्तिय र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गरेको चर्चा गर्दै सहकारीले शेयर सदस्यको जन्मदेखि मृत्युसम्म सँगसँगै रहेर काम गर्नसक्नुपर्ने बताए ।

विश्वका साढेसात अर्व जनतामध्ये डेढ अर्ब जनता सहकारीको सदस्य बनेको तथ्याङक प्रस्तुत गर्दै कार्यक्रमका प्रमुख अतिथी पोखरेलले विश्वका धेरै देशले सकारीकै माध्यमबाट प्रगती गरेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले शुभकामना मन्तव्य राख्दै सिम्रिक सहकारीले ४० प्रतिशतले आर्थिकबृिद्ध गर्नु सुखत शुरुवात भएको बताए ।

उद्घाटनसत्रमा विर्तामोड उद्योग वाणिज्यसंघका अध्यक्ष कुमार भट्टराई, नेपाल उद्यमशील महिलासंघकी अध्यक्ष पार्वता विमली खरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष तारामणी सापकोटा, विर्तामोड ६ नं वडाध्यक्ष सूर्य कन्दङवा, इलाका प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद कोइराला, जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारी, विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दहाल, एक्सल डेभलप्मेन्ट बैंकका कार्यकारी प्रमुख दिनेशकुमार पोखरेललगागतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष कमल बहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य इन्द्रबहादुर कार्कीले स्वागत गरेका थिए भने सञ्चालन संस्थाका सचिव सुभाष भट्टराइले गरेका थिए ।

कार्यक्रममा सहकारीले यसवर्षको एसइइमा सर्वोत्कृष्ट अंक ल्याउने न्यूटन एजुकेशन फाउण्डेसनकी छात्रा सविता भट्टराई र सनसाइन वोर्डिङ स्कुल गोलधापका छात्र गोपाल पोखरेललाई नगदसहित प्रशंसापत्र प्रदान गरेको थियो ।

सम्मानित दुवै छात्र छात्रालाई नगद् ७ हजार ५०० रुपैयाँ कार्यक्रममा प्रमुख अतिथी पोखरेल र संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले प्रदान गरेका थिए ।

त्यस्तै, सहकारीका विभिन्न सांस्कृतिक गतिविधिमा सहयोग पुर्याएको भन्दै मेलिना मैनालीलाई नगद् ५ हजार रुपैयासहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, सोही अवसरमा संस्थाले विभिन्न सेवाकेन्द्रका १६ जना शेयरसदस्यका आफन्तहरुलाई मृत्यु, विरामी, अंगभंग तथा अन्य प्रकृति हेरी ऋण मिनाह गर्नुका साथै राहत वितरण गरेको थियो । सहकारीले उक्त शिर्षक अन्तर्गत २ लाख २० हजार ५०० रुपैयाँ बराबरको रकम वितरण र माफी मिनाह गरेको थियो ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बस्नेतले गतवर्षको तुलनामा संस्थाले ६१.४६ प्रतिशतले वासलात बृद्धी गर्नुकासाथै शेयरपुँजी १७२.५२ प्रतिशतले बृद्धी, बचत संकलन ७८ प्रतिशत र कर्जालगानी १२३.९६ प्रतिशतले प्रगति र १२४.७४ प्रतिशत आम्दानी गर्न सफल भएको जानकारी दिए ।

विर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिक सहकारीले हाल झापाका विभिन्न क्षेत्रमा सञ्चालित १२ वटा सेवाकेन्द्रमार्फत बित्तिय कारोबार गर्दै आएको छ ।