संविधान दिवसमा दीप प्रज्ज्वलन

बिर्तामोड /  वीरता जेसीजले संविधान दिवसको अवसरमा बुधबार साँझ बिर्तामोडको मुक्ति चौक र जेसीज सचिवालयमा दीप प्रज्ज्वलन गरेको छ ।
नागरिकले संविधानमार्फत अधिकार प्राप्त गरेको खुशीयाली तथा संविधानको पूर्ण कार्यान्वयनका लागि दवाव दिदैं दीप प्रज्ज्वलन गरिएको वीरता जेसीजका अध्यक्ष एकराज गिरीले बताए ।
दीप प्रज्ज्वलनमा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेसहित विभिन्न संस्थाले सहभागिता जनाएको वीरता जेसीजका कार्यक्रम संयोजक सुरेश खतिवडाले जानकारी दिए ।
मुक्तिचौकको आइलेण्ड वरिपरि तथा सचिवालयमा दीप प्रज्ज्वलन गरिएको थियो ।
दीप प्रज्ज्वलनमा वीरता लेडी जेसीज, एवीसी नेपाल,उद्यमी महिला संघ,महिला सुरक्षा दवाव समूह,महिला मुक्ति अभियान , समुदाय वातावरण तथा बालबालिका संघले समेत सहभागिता जनाएका थिए ।
तस्वीरः बिनोद पाण्डे (कमल)