एएफसी यू–१६ महिला फुटबल : फिलिपिन्सको सहज जित

काठमाडौं / एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपालले खराब सुरुवात गरेको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगिताको समूह ‘ई’अन्तर्गत भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ४–० ले पराजित भयो ।

हल्चोकस्थित एपिएफको मैदानमा नेपाल ४२औँ मिनेटमा पहिलो गोल खान पुग्यो । नेपालले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल खाएको थियो । दोस्रो हाफमा नेपाल थप २ गोल खान पुग्यो । ७६औँ मिनेटमा जिना सिमोनले तेस्रो र मिकेला भिनासिनले चौथो गोल गरेकी थिइन् । म्यानमारले मलेसियालाई ३–० ले  पराजित गर्‍यो ।