प्रहरीमा बढ्दै विकृति

झापा /  साढे ३३ किलो सुन तस्करी र समन शाक्य हत्या काण्डबाट गुमेको नेपाल प्रहरीको साख कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछिको अनुसन्धानसम्म आइपुग्दा झनै गुमेको छ ।

थुप्रै जटिल अपराधको सफल अनुसन्धान गरेर वाहवाही पाएको प्रहरी अहिले आलोचित बनेको छ । अपराधी पक्राउ गर्नुको साटो उल्टै ढाकछोप गरेको प ्रहरीलाई आरोप लाग्दै आएको छ ।

केही दिनअघि कोटेश्वर का ँडाघारी प ्रहरी कार्यालयका ९ जना प्रहरीलाई घुससहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि संगठनका इमानदार प्रहरी कर्मचारी लज्जित नै भए । आइजिपी सर्वेन्द्र खनालले परिसर र मातहतका सबै प्रहरी कार्यालयका प्रमुखलाई बोलाएर झपारेनन् मात्रै उनले काम गर्न नसक्ने भए जागिरै छाडेर जान सुझाव दिए । ‘काम गर्न नसक्नेको प्रहरी संगठनमा काम छैन, जागिर छाडेर जाँदा हुन्छ’ नेपाल पुलिस क्लबमा उपत्यकाका सबै कार्यालय प्रमुखलाई भेला गरेर आइजिपी खनालले भनेका थिए ।

यसरी आचरणविपरीत काम गर्ने प्रहरी कर्मचारीलाई प ्रहरी प ्रधान कार्यालयले कारबाहीको दायरामा समेत ल्याएको छ । कतिपयलाई नोकरीबाट समेत हटाइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।

प्रहरी कर्मचारीले गरेको अनैतिक कामको प्रकृति हेरी नोकरीबाट हटाउने, भविष्यमा सरकारी जागिरमा अयोग्य हुनेगरी बर्खास्त गर्ने, नसिहत दिने, ग्रेड रोक्का गर्ने, ग्रेड घटुवा, बढुवा रोक्का, पद घटुवा,  निलम्बन लगायत कारबाही गरिएको छ । ४ महिनामा ४९५ प्रहरी कारबाहीमा गत वैशाखदेखि साउन महिनासम्म ४

महिनाको अवधिमा ४ सय ९५ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ । विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको आरोपमा प्रहरी प्रधान कार्यालयले २ जना एसएसपी, १ एसपी, २ डिएसपी, १ जना र १ जना जवान गरी ७ जनालाई निलम्बन गरेको थियो ।

उनीहरुसहित वैशाखमा १ सय ६५ प्रहरी कर्मचारी कारबाहीमा परेका थिए । जसमा २ एसएसपी, २ एसपी, २ डिएसपी, २ प्रहरी निरीक्षक, ६ असई, ६ सई, २२ हवल्दार, १ सय २० प्रहरी जवान र ३ कार्यालय सहयोगी छन् । कारबाही भएकामध्ये २४ जनालाई नोकरीबाट हटाइएको छ ।

जेठमा २ प्रहरी निरीक्षकदेखि ३६ प्रहरी कारबाहीमा परे । जसमा २ प्रहरी निरीक्षक, २ सई, ८ असई, ७ हवल्दार, १६ प्रहरी जवान र १ कार्यालय सहयोगी छन् । उनीहरु १० प्रहरी जवान र २ हवल्दार गरी १२ जनालाई नोकरीबाट हटाइएको छ । असारमा १ सय ६५ जना प्रहरी कर्मचारी कारबाहीमा परेका थिए ।

३ प्रहरी निरीक्षक, १६ सई, ११ असई, १२ हवल्दार, १२१ जवान र २ कार्यालय सहयोगीले कारबाही भोगेका छन् । ४ जना सईसहित २४ जनालाई नाकरीबाट हटाइएको छ । साउनमा २ डिएसपी, ८ सई, ७ असई, १६ हवल्दार, ९३ प्रहरी जवान र ३ कार्यालय सहयोगीसहित १२९ जना कारबाहीमा परेका छन् । उनीहरु एकजना सई, १४ जना हवल्दार, १५ जवान र २ कार्यालय सहयोगी गरी ३२ जनालाई नोकरीबाट हटाइएको छ । कारबाही भोग्ने अधिकांश तल्लो दर्जाका प्रहरी कर्मचारी छन् । तल्लो दर्जाका प्रहरी कर्मचारीहरु सानोतिनो घुसमै लोभिने, नागरिकसँग बढी घुलमिल हुने गरेकाले मुद्दा मामला मिलाउनका लागि रकम माग गर्ने, आचारणअनुसार काम नगर्ने गरेका कारण कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

तर, अघिल्लो वर्षमा भन्दा यो वर्ष कारबाहीमा पर्ने कर्मचारीको संख्या भने केही कमि भएको छ । अघिल्लो वर्षकै यही चार  महिनामा ७ सय २२ प्रहरी कर्मचारी कारबाहीमा परेका थिए । अहिले यो संख्या घटेर ४ सय ९५ मा झरेको छ । यसलाई अझ कममा झार्ने योजना प्रहरी प्रधान कार्यालयको छ ।

प्रहरी प्रधान कार्यालयले १० बुँदे संगठन सुधारको कार्ययोजना समेत अघि सारेको छ । जसमा संगठनको संघीय संरचना सहज र औचित्यपूर्ण व्यवस्थापन, प्रहरी कर्मचारीको व्यावसायिकता, पारदर्शीता र निष्ठामा उत्कृष्ठता, सांगठनिक सदृढीकरण, आन्तरिक शुद्धीकरण, भ्रष्टाचारमाथि शून्य सहनशीलता, प्रहरी कर्मचारीको मनोबल उच्च र प्रहरी संगठनलाई नमुना संगठन बनाउनेलगायत योजना छन् । विवेचनाबाट