सुरुङ्गामा जारी अन्तर प्रदेश टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा आयोजक ७ विकेटले विजयी

सुरुङ्गा / झापाको सुरुङ्गामा आजबाट सुरु प्रथम टिभिएस अन्तर प्रदेश टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ ।

शुक्रवार भएको उद्घाटन खेलमा आयोजक ह्वाइट वास क्रिकेट क्लव कनकाई सुरुङ्गाले अर्को टिम लालीगुराश क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो ।

अघिल्लो दिनको वर्षातका कारण १५ ओभरमा छोट्याइएको खेलमा टच जितेर पहिले ब्याटिङ्ग गरेको लाली गुरास टिमले सबै विकेट गुमाउँदै ६३ रनको सामान्य योगफल बनाएको थियो ।

                                               तस्वीर: लीलाराज झापाली


लालीगुराशका तर्फबाट शिव रौनियारले सर्वाधिक १७ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहारो रनको योगफल जोड्न सकेनन् । ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गाका दिपेश कडेँल एक्लैले ४ विकेट चट्काएपछि लालीगुराश सस्तैमा समेटिएको थियो ।

६४ रनको लक्ष्य पछ्याएको आयोजकले ९ ओभर १ वल खेल्दै ६६ रन जोडेर जित निकाल्यो । ह्वाइट वास क्रिकेट क्लवको तर्फबाट संदिप ढुङ्गानाले २२ र अंकीत सुवेदीले १६ रनको योगदान दिए ।

प्रतियोगितामा ४ विकेट लिएका कडेँल म्यान अफ द म्याच घोषित भए ।

कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता छ ।

शनिवारको दोस्रो खेल युनाइटेड क्रिकेट क्लव विर्तामोड र विराटनगर विच हुने खेल संयोजक प्रदिप गजमेरले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद ५१ हजार तथा द्धितिय हुनेले ३१ हजार रुपैँया र ट्रफी पाउने छन ।

प्रतियोगिताको उदघाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ब्याटिङ्ग , रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका कोषाध्यक्ष नारायण ओलीले बलिङ्ग र कनकाई नगरपालिका ४ का वडाध्यक्ष गोविन्द पौडेलले विकेट किपरको भुमिका गरेर उद्घाटन गरेका थिए ।

प्रतियोगितामा कुल ६ लाख खर्च हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताए । प्रथम पुरस्कार टिभिएस मोटरसाइकल तथा द्धितिय पुरस्कार रुद्र गौरी श्री अम्बिका ओेली प्रतिष्ठानले प्रदान गर्नेछ ।

कनकाई नगरपालिका तथा खेलप्रेमी युवा हिमाल प्रसाईलगायतले आर्थिक सहयोग गर्ने खेल समितिका हरि कार्कीले बताए ।