नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा

काठमाडौं / सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

नेपाल प्रहरीका तीन डीआईजी प्रहरी अतिरीक्त महानिरीक्षकमा (एआईजी) मा बढुवा भएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार राति अबेर बसेको बैठकले तीन प्रहरीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारले बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवा गरेको हो ।

कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस भएका थिए ।

बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।