कविता

∗कविता∗


म तिम्राे लागि मन नपरेकाे मान्छे हुँ
किनकी, तिम्राे समकालीन पनि हुईन
मसँग लम्विएकाे अायु पनि छैन
र त मलाई मन पराउँदिनाै ।

तिम्राे साह्रै धेरै मन पर्ने मान्छे पनि हुँ
प्याराे र सुन्दर पनि छु
तिमी मनभरी साेचिरहेकी हुन्छ्याै
याे मान्छेले जत्तिकाे मलाई माया
याे दुनियामा कसैले
गरेकाे पनि छैन र गर्न पनि सक्दैन
र त तिमी मलाई मन पराउँछ्याै ।

याे सम्बन्ध पनि गजवकाे नै छ
भएर पनि नभए जस्ताे
नभएर पनि भए जस्ताे
जे साेच्याे त्येही ठीक देखिने
बादलमा बनेकाे अाकृति जस्ताे
पानीमा लहर उठेर बिग्रिएकाे रुप जस्ताे
अझ भनाै खाेई कस्ताे कस्ताे ??

याे दाेसाँधमा उभिएकाे तिम्राे मनस्थिति
अाफैभित्र द्वन्द चलिरहेकाे हुन्छ
एक मनले भन्छ,
केही पाउन केही गुमाउनु पनि पर्छ
हैन बाँकी जीन्दगी रमाएर बाँच्नु पर्छ
अर्काे मन रिसाउँदै भन्छ
तिमी विलखबन्दमा परेकी छ्याै
न हाे भन्न सक्छ्याै,न हैन नै भन्न
न नाता जाेड्न सक्छ्याै न ताेड्न सक्छ्याै
दाेधारे विचार र अनि चन्चल मनस्थिति ।

मन नपराएकाे पनि थाहा छैन
किन मन परायाै त्याे पनि थाहा छैन
कहाँ पुगेर जीवन जगतका वारेमा साेच्याै
याे पनि त थाहा दिएनाै
विवषता पनि हैन बाध्यता पनि छैन
तरै पनि डराए झै त्रसित बनेकी छ्याै
बाढी र प्रकाेपले चिथाेरेर गए पछिकाे
सुनसान उराठ लाग्दाे वस्ती झै
तिमी एकाेहाेरिएर टाेलाएर हेरिरहेकी छ्याै ।

धानकाे रास झै घमण्डता चुलिएको छ
मथिङ्गल यही कुराले गिजाेलेकाे छ
र त खुट्टा अघि जान पनि सक्दैनन्
पछि सर्न पनि सक्दैनन्
किनकी, अात्मारती तिम्रो कमजाेरी बनेकाे छ
दम्भ दुवाे झै माै‌लाउन दिएर
बनमाराले झै छाेपिएकै थियाेे

निर्णय लिने बेला पनि भएकाे छैन
अाशा र विश्वास मरेकाे पनि छैन
खानु कि अाेकल्नु भने झै
मसँगकाे नाता सम्बन्ध
भिरकाे चिण्डाे बनाएकी छ्याै
न थाम्न सक्छ्याै न त तान्न नै सक्छ्याै
र त रुँघेर पनि बसेकी छ्याै
छाेडेर पनि गएकी छ्याै ??


कृष्णप्रसाद पाठकश्री दुर्गामावि गरामनीका प्रधानाध्यापक हुन् ।