कामना इलेक्ट्रोनिक्सको उद्घाटन

विर्तामोड / युवा व्यवसायी ओमप्रकाश श्रेष्ठ र कामना उप्रेती श्रेष्ठले उपभोक्ताको मागलाई ध्यानमा राखेर कामना इलेक्ट्रोनिक्स सञ्चालनमा ल्याएका छन् ।

विर्तामोड- ४ स्थित भद्रपुररोडमा श्रेष्ठ दम्पतीले भदौ ५ गतेदेखि कामना इलेक्ट्रोनिक्स सञ्चालनमा ल्याएका हुन् ।

 

ओमसाइ अटो मोबाइल्स महेन्द्रा स्कुटी शोरुमसँगै रहेको कामना इलेक्ट्रोनिक्सको शुक्रबार गोमेन्द्र महाविद्यालयका संस्थापक प्राचार्य गणेशप्रसाद खनाल, बुद्ध खनाल र सञ्चालक श्रेष्ठका मातापिता बिमल र हर्कमाया श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

कामना इलेक्ट्रोनिक्समा बजारमा रहेका सबै कम्पनीका टीभी, फ्रिज,वासिङमेसिन, एयर कुलर, एसी, भ्याकुम क्लिनर, मिक्चर, फेन, आइरनलगायतका इलेक्ट्रोनिक्स सामाग्रीहरु सुपथ मुल्यमा उपलव्ध हुने सञ्चालक कामना उप्रेती श्रेष्ठले बताइन ।

उद्घाटनको शुरुमै सन्तोषजनक व्यापार हुन थालेको सञ्चालक ओमप्रकाशले जानकारी दिए ।

पसल उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवाल, वीरता लेडी जेसिजकी महासचिव सरु खनाल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन पत्रकार तुलसी निरौलाले गरेका थिए भने सुरेन्द्र भण्डारी, मनिषा चम्लागाँईलगायतको उपस्थिति थियो ।