अन्तर प्रदेश टि ट्वेन्टी क्रिकेटमा विराटनगर बिजयी

सुरुङ्गा / झापाको कनकाईनगरपालिका सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि ट्वेन्टी क्रिकेट प्रतियोगितामा शनिवारको खेलमा वाइआरसिसि क्लव विराटनगर विजयी भएको छ ।

विराटनगरले विर्तामोडको युनाइटेड क्रिकेट क्लवलाई ८ विकेटले पराजित गरेको हो ।

टच जितेर विराटनगरले पहिले फिल्डिङ्ग रोजेको थियो । विर्तामोडले निर्धारित २० ओभरमा ८१ रन जोड्यो । विर्तामोडका लागि बसन्त कार्कीले सर्वाधिक २० रनको योगदान दिए भने नेपालका अन्डर नाइन्टीन टिमका पुर्व क्याप्टेन भुवन कार्कीले १२ रन जोडे ।

विराटनगरलाई सस्तैमा समेटन एमडी खालिदले सर्वाधिक ४ विकेट लिए भने मैक कुमारले ३ विकेट लिए । विराटनगरले ८२ रनको लक्ष्य १० ओभर ३ वल खेल्दै २ विकेटको क्षतिमा पुरा गर्यो ।

विराटनगरका लागि राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले नटआउट ३१ रन जोडे भने मुरली चौधरीले २५ रनको योगदान दिए । विर्तामोडकातर्फबाट भुवन कार्की र विनित बास्तोलाले १/१ विकेट लिए ।

प्रतियोगितामा ४ विकट लिने विराटनगरका एमडी खालिद म्यान अफ द म्याच भए उनलाई प्रविन तिम्सिनाले नगद २ हजार प्रदान गरे ।
आइतबारको तेस्रो खेल मकवानपुर क्रिकेट क्लव र युथ क्रिकेट राजविराज विच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताए ।