पर्यटकीयस्थल सतासीधाममा विजुली

झिलझिले / पूर्वको पर्यटकीयस्थलका रुपमा चिनिने झापाको सतासीधाम धार्मिक स्थलमा विजुली पुगेको छ । नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तगर्त ती क्षेत्रमा विजुली सञ्चालनमा ल्याईएको हो ।

उर्जा मन्त्रालयबाट प्राप्त रु २७ लाखको लागतमा हालै सतासीधाममा विजुली जडान गरि सञ्चालनमा ल्याईएको नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले जनाएको छ ।

आइतबार सतासीधाम स्थलमा एक कार्यक्रम गरि जडित विजुलीको औपचारिक रुपमा शुभारम्भ गरियो ।

जडित विजुलीको झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सदस्य एलपी साँवा, प्रदेशसभा सदस्यहरु झलकसिंह दर्लामी ,हिरा थापा , नगरप्रमुख चन्द्रकुमार शेर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शिवसतासी नगरपालिका वडा नम्बर ११ मा अवस्थित सतासीधाम तीर्थस्लथमा हालसम्म विजुली पुगेको थिएन् । विजुली नहुदाँ त्यस क्षेत्रमा साँझपख तीर्थालु समस्यामा पर्देआएका स्थानीय दुर्गा नेम्बाङले वताए ।

यसअघि त्यहाँ सडक सोलार जडान गरिए पनि त्यसले खासै काम गर्न सकेको थिएन् ।

झिलझिले चौंकदेखि साढे ५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने सतासीधाममा विजुली पुगेपछि त्यहाँ तीर्थालु तथा वटुवाहरु हर्सित भएको सतासीधाम मन्दिर विकास समितिका सचिव उदयप्रकाश राईले बताए ।

चौंकदेखि तीर्थस्थलसम्म सडकमा ६१ वटा पोल गाडिएको र दुई फेजमा विजुली वितरण शुरु गरिएको प्राधिकरण दमकका प्रमुख राजीव सिंहले बताए ।

सोहि अवसरमा विभिन्न दाताहरुले मन्दिर विकास समितिलाई पंखा समेत वितरण गरिएको संस्थाका अध्यक्ष प्रसाद सुब्बाले वताएका छन् ।