वडाध्यक्षको मासिक तलवबाट विद्यार्थीलाई व्याग

हल्दिवारी / हल्दिवारी गाउँपालिका–४ स्थित महेन्द्र माविका विद्यार्थीलाई स्कूल ब्याग वितरण गरिएको छ ।

वडा नम्बर–४ का वडाध्यक्ष होम चुडालले आफूले पाउने मासिक पारिश्रमिकबाट स्कुलका विद्यार्थीलाई व्याग वितरण गरेका हुन ।

पारिश्रमिक आफुले नलिई सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य अनुरुप विद्यालयमा अध्ययरत कक्षा १ देखि ५ कक्षासम्मका स्कूले बालबालिकालाई स्कूल ब्याग वितरण गरिएको चुडालले बताए ।

विद्यालयका प्रधानअध्यापक गंगाराम खरेलको अध्यक्षता तथा प्रदेश सांसद पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न व्याग वितरण कार्यक्रममा प्रमुख अतिथि राजवंशी, विशेष अतिथि वडाध्यक्ष होम चुडाल, विद्यालय अभिभावक संघका पूर्व अध्यक्ष श्रीप्रसाद बाह्रकोटी, जलथल बालक्लबका अध्यक्ष अभिकेशर खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

सरस्वता दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्जु दाहालले गरेकी थिइन ।