किसानलाई पशुपालन तालिम दिंदै सहारा नेपाल

विर्तामोड / किसानहरुलाई ब्यवसायमुखी र आत्मनिर्भर बनाउने उद्देश्यले झापाको अर्जुनधारामा दुइदिने बाख्रा तथा कुखुरा पालन सम्बन्धी आधारभूत तालिम आज सम्पन्न भएको छ ।

सहारा नेपाल (साकोस) शनिश्चरे केन्द्रको आयोजनामा कालिकापीठको श्रवणहलमा आयोजित तालिममा साकोसमा आबद्ध ६ वटा समूहका ४० वढीको सहभागिता रहेको थियो ।

तालिममा बाख्रा तथा कुखुरा पालनका लागि खोर ब्यवस्थापन, हेरचाह, दाना तथा आहार ब्यवस्थापन, रोग, रोगका लक्षण र रोकथामलगायतका विषयमा किसानहरुलाई प्रशिक्षण दिइएको थियो ।

तालिममा डा. कमलेश भाट, डा. विष्णुप्रसाद कुुसवाहा, डा. छत्रबहादुर छेत्री, प्राविधिक सृजना आचार्य, प्रविन कोइराला, अमन चौधरी र चन्द्रकला पौडेलले सहजीकरण गरेका थिए ।

सहारा नेपाल (साकोस) सेवा केन्द्र शनिश्चरेका प्रमुख लक्ष्मी रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी भण्डारीले गरेकी थिइन ।