प्रदेश टि–ट्वान्टी क्रिकेट: राजविराज फाइनमा

सुरुङ्गा / युथ क्रिकेट एकाडेमी राजविराज झापाको कनकाई नगरपालिकामा जारी प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा राजविराज आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गालाई २६ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

टच जितेर ब्याटिङ्ग रोजेको युथ क्रिकेट एकाडेमी राजविराजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५६ रन बनाएको थियो ।

राष्ट्रिय खेलाडी राजविराजका महबुव आलमले सर्बाधिक ६२ रन जोड्दा अर्का राष्ट्रिय खेलाडी विवेक यादवले ४२ रनको योगदान दिए ।

आयोजकका तर्फबाट एमडि इक्रानुनले ३ विकेट र बनौ रोएले २ विकेट लिए । १५७ रनको लक्ष्य पछ्याएको आयोजक ह्वाइट वासले सबै विकेट गुमाउदै १ सय ३० रन मात्रै जोड्न सक्यो ।

सुरुङ्गाका तर्फबाट एमडि इक्रानुनले ५४ र राज थापाले २२ रन जोडे । सुरुङ्गालाई सस्तैमा समेट्न राजविराजका विवेक यादवले ४ विकेट र दिवास मल्लिकले २ विकेट लिए । राजविराजका विवेक यादव म्यान अफ द म्याच भए ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेल बुधवार खुकुरी क्रिकेट क्लव भैरहवा र विराटनगरविच हुने छ । प्रतियोगिताको फाइनल खेल असोज १२ गते हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताए ।