लिटल स्टार स्कूलमा बाल क्लब गठन

झापा / बुद्धशान्ति स्थित जयपुरमा रहेको लिटल स्टार इङलीस स्कूलमा २१ सदस्यीय बाल क्लब गठन गरिएको छ । ३ सदस्य सल्लाहकार रहने गरी नयाँ बालक्लब गठन गरीएको हो ।

विद्यालयका शिक्षक तथा बालक्लब संयोजक गोबिन्द भण्डारी, बिद्यालयका संस्थापक गंगा प्रसाद निरौला , विद्यालयका प्रअ असरोज घिमिरे , संञ्चारकर्मी तथा शिक्षक सरोज पौडेल , मदन संग्रौला लगायतले बालक्लब गठन गरेका हुन् ।

कमिटिको अध्यक्षमा कुशुम पौडेल , उपाध्यक्ष बिष्णु खनाल , सचिव बिपिन निरौला , सहसचिव अस्मिता थापा , कोषाअध्यक्ष पौरन महतको नेतृत्व रहने गरी बालक्लब गठन गरिएको हो ।

यस्त,ै सदस्यहरुमा सोनिज श्रेष्ठ, कृपा खतिवडा , बिनिशा कुइकेल , एन्जली निरौला , सोनीका चौलागाई , कौशिका पराजुली लगायत रहेका छन । यस्तै क्लबको सल्लाकारमा बिद्यालयका संस्थापक गंगा प्रसाद निरौला , विद्यालयका प्रधानध्यापक असरोज घिमिरे , शिक्षक सरोज पौडेल रहेका छन ।

नव गठित बालक्लबलाई संस्थापक निरौलाले ५ हजार नगद र बैठक पुस्तिका हस्तान्तरण गर्दै रचनात्मक कार्य गर्न आग्रह गरे ।