महिन्द्राको ‘मुल्य कति स्क्रयाच गरी आँउछ जति’ योजना

विर्तामोड / महिन्द्रा टु ह्वीलर्सको आधिकारीक विक्रेता अग्नी मोटोइन्क प्राइभेट लिमिटेडले पर्वलाई लक्षित गरी ‘मुल्य कति स्क््रयाच गरी आँउछ जति’ योजना बजारमा ल्याएको छ ।

कम्पनीले दशैं र तिहारलाई लक्षित गरी स्कुटर र मोटरसाइकलको खरिदमा सवारी साधनको मुल्य बराबरकै अफर ल्याएको हो ।

साइ अटोमोवाइल प्लाजा विर्तामोडका सञ्चालक ओमप्रकाश श्रेष्ठका अनुसार महिन्द्रा टु ह्वीलर्सका जुनसुकै स्कुटर र मोटरसाइकल खरिद गर्दा एउटा स्क््रयाच कुपन दिने व्यवस्था गरेको बताए ।

कुपन स्क््रयाच गर्दा जति रकम पर्छ मोटरसाइकल वा स्कुटर खरिद गर्दा त्यति नै मात्र रकम तिर्नुपर्ने व्यवस्था यो अफरमा रहेको छ ।

कुपन स्क््रयाच गर्दा न्यूनतम ११ हजार रुपैँयादखि सवारी साधनको मुल्य जति छ त्यतिनै रकम पनि पर्न सक्ने सञ्चालक श्रेष्ठले बताए ।

त्यसर्थ, महिन्द्रा टु ह्वीलर्सले थोरै रकममा सवारी साधन खरिद गर्न सकिने पर्व लक्षित योजना वजारमा ल्याएको हो ।