राधाकृष्ण मन्दिरमा खरेल

सुरुङ्गा / झापा सुरुङ्गाको श्री राधाकृष्ण मन्दिरले सुरेशकुमार खरेलको अध्यक्षतामा मन्दिर सञ्चालन समिति निर्माण गरेको छ ।

कन्काई नगरपालिका ४ भक्तिसाधनाश्रम श्यामकुटीस्थित मन्दिर सञ्चालन समितिको उपाध्यक्ष ,सचिव सहसचिव र कोषाध्यक्षमा क्रमश रघुनाथ भट्टराई, नरेन्द्र भण्डारी, रोशन सुवदी, नुमा खनाल, गोमा सिटौलारहेका छन् ।

समितिको सदस्यमा ताराप्रसाद ओली, भुवनाथ पौडेल, तुलसीशरण तिम्सिना, राधा खनाल र गायत्री खतिवडा रहेका छन् ।

त्यस्तै, शम्भुप्रसाद पोखरेलको संयोजकत्वमा गणेशप्रसाद भेटवाल, कृष्णशरण खतिवडा, गौरादेवी उप्रेती र दिलिप खतिवडा सदस्य रहेको मन्दिर संरक्षक समिति पनि निर्माण गरिएको छ ।

त्यसैगरी, प्रदेश सभाषद् हीराकुमार थापा संयोजक रहेको सल्लाहकार समिति निर्माण गरिएको छ । समितिमा आचार्य पण्डित रघुनाथ रिमाल, कन्काई नगरपालिका ४ का वडाध्यक्ष गाविन्द पौडेल, दाता परिवारका तर्फबाट नुरदेव जोशी र जर्नादन उप्रेती सदस्य रहेका छन् ।

साथै भेलाले प्रचार प्रसार , व्यवस्थापन, भोजन व्यवस्थापन, आवास व्यवस्थापन, आर्थिक समिति र स्वागत समिति समेत निर्माण गरेको छ ।