वनको चुनावमा दुईपक्षीय भिडन्त

चारआली / प्रगति सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–१२, १३ र अर्जुनधारा–१०, ११ को निर्वाचनका लागि अध्यक्ष पदमा दुई प्यानलले प्रतिष्पर्धा गर्दैछन् ।

वनको चुनावमा साझा र स्वतन्त्र दुई प्यानलले अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने भएका हुन् ।

नेकपा निकट उपभोक्ता समुहबाट साझा प्यानल वनाई अध्यक्ष पदमा दिपेन्द्र निरौला (बिकास) मैदानमा उत्रेका छन् । उनलाई काङ्ग्रेस र राप्रपाको समर्थन छ । स्वतन्त्र प्यानल खडा गरी श्याम लामा अध्यक्ष पदमा उठेका छन् ।

अध्यक्ष पदमा मात्रै तीनवर्षे कार्यकालका लागि शनिबार चुनाब हुदैछ । अध्यक्ष वाहेक अन्य पदहरु भने सर्वसम्वत चयन भईसकेका छन् ।

समितिको उपाध्यक्षमा सन्त सुब्बा, सचिवमा धनकुमारी तामाङ राई, सहसचिव टिकाराज लिम्बु, कोषाध्यक्ष विमल मैनाली, सदस्यहरुमा गणेश काफ्ले, लक्की ताम्राकार शेर्पा, जानुका खड्का, निरलक्ष्मी सुब्बा, ननिदा लिम्बु, दाल जु शेर्पा, रतनसरी राजवंशी, टेक बहादुर भट्टराई, यमनाथ बराल र गीता दाहाल चयन भएका छन् । उक्त बनमा १५ सय ३० मतदागा सङ्ख्या रहेका छन् ।