ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

दाङ / दाङमा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका ४, दोलहीखोलामा दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

ज्यान गुमाउनेहरुमा ३० वर्षीया श्यामाकुमारी चौधरी, ३५ वर्र्षीया मिना चौधरी र १२ वर्र्षीया रेजिना चौधरी रहेका छन् ।