बुहारी ग्रुपले गरे गोरखाकी अस्मिता नेपालीलाई ३५ हजार सहयोग

गोपिन पोखरेल-

विर्तामोड / सामाजिक सञ्जाल फेसबुकको बुहारी ग्रुपले गोरखा खोप्लाङकी १२ वर्षीया किशोरी अस्मिता नेपालीको उपचारका लागि ३५ हजार रुपैयाँ सहयोग गरेको छ । अस्मिता नेपालीको अवस्था देखेर केही सहयोग गर्न सकन्छ की भनेर उक्त रकम सहयोग गरेको बुहारी ग्रुपकी एड्मिन प्रभा आचार्यले बताइन् ।

अस्मिता नेपाली जन्मेदेखि नै बोल्न र हिड्न नसक्ने असक्त छिन् । १२ वर्षकी हँदा पनि उनी ओछ्यानको ओच्यान छिन् ।
गोरखाको पालुङटार नगरपालिका ४ खोप्लाङकी अस्मिताको बोली कस्तो छ भनेर नत बुवा आमाले सुन्न पाएका छन् नत आफ्नो ओच्यानबाट उठेको हेर्न नै । उनी पछि जन्मिएका चार जना भाई बहिनीहरु बोल्न हिँड्न सकेपनि अस्मिता कुनै प्रतिकृया जनाउन सक्दिन् ।

उनका बुवा सुराजी नेपालीले दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका छन् । उनको परिवारमा ८ जना सदस्य छन् । ३ छोरा र दुई छोरीमध्ये अस्मिता परिवारकी जेठी सन्तान हुन् । उनका ९१ वर्षीय हजुरबुवा दलबहादुर पनि ओच्यान परेको धेरै भयो । उनको एउटा भाईलाई पनि मानसिक रोगको समस्या छ ।

सुराजीको सम्पत्तीको नाममा एकहल बुढा गोरु मत्र छन् । उनले आर्थिक अभावका कारण छोरा छोरीको उपचार गर्न सकेका छैनन् । अस्मिताको ठुलोबवाको छोरा दिनेश नेपालीले अस्मिताको दर्दनाक अवस्थासहितको तस्विर फेसबुकमा पोष्ट गर्दै सहयोगको याचना गरेको देखेपछि  बुहारी ग्रुपले उललाई ३५ हजार रुपैयाँ सहयोग गरेको ग्रुपकी एड्मिन आचार्यले बताइन् ।

अस्मिताको सहयोगको लागि अहिले अभियान समेत चलेको छ । स्थानीय बर्षा ढकाल अस्मिताको ठूलो दाई दिनेशले सो अभियान चलाइरहेका छन् । बुहारी ग्रुपले अस्मिताको घर पुगेर परिवारलाई लगाउने कपडा, खानेकुरा उपलब्ध गराएको थियो ।

ग्रुपकी गोरखा सदस्य वर्षा खरेल देवकोटाले उक्त सामाग्री र सामान खरिद गरी बचेको रकम अस्मिता बचाउ अभियानकी  वर्षा ढकाललाई हस्तान्तरण गरेकी थिइन् । फेसबुकमा संगठित बुहारी ग्रुपले विभिन्न क्षेत्रका अशक्त असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

बुहारी ग्रुपमा देश तथा विदेशमा रहेका विवाहित महिलाहरु सदस्य छन् । ग्रुपको काठमाण्डौमा प्रभा आचार्य र मनिषा थापा एड्मिन छन् भने क्यानडाका विमला पाण्डे र ग्रुपको मोडेरेटरमा तुलसा आचार्य रहेका छन् ।