बुद्धशान्तिमा झल्कियो थारुसंस्कृति

बुधबारे / झापाको बुद्धशान्तिमा शनिवार थारु कल्याणकारीणिसभा ‘जितिया पावैन’ सम्पन्न भएको छ ।
थारु समाज बुद्धशान्तिको आयोजनामा भएको सभामा झापाका १५ वटै स्थानीय तहका एकहजार भन्दा बढी थारु समूदाको उपस्थित थियो ।

र्यालीले बुधबारे बजार परिक्रमा गरेर औपचारीक रुपमा कार्यक्रम गरिएको थियो । बुद्धशान्ति थारु समाजका अध्यक्ष शेखर चौधरी(आनन्द) को सभापतित्वमा भएको कार्यक्रममा थारु समाज झापा जिल्ला अध्यक्ष पुष्पलाल चौधरीको पूमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा थारु समाज झापाका बरिष्ट सल्लाहकार तेजनारायण चौधरीले जितिया पर्व पौराणिक कथनमा आधारित भएको बताउँदै यो पर्व हरेक बर्ष बृहत रुपमा मनाउँदै आएको बताए ।

उनका अनुसार जितिया पर्वमा बिशेष गरी महिलाहरुले ब्रत बस्ने गर्दछन् । यसरी ब्रत बसेमा पारिवारिक शुख शान्ति, सन्तान नहुनेको सन्तान प्राप्ती हुने जन विश्वासका रहिआएको छ । यतिमात्र नभएर बिभिन्न क्षेत्रमा रहेका थारु समूदायहरु बिचमा प्रगाढ सम्बन्ध र भातृत्वको भावना जगाउन समेत यो पर्व मनाउने गरिन्छ ।

अन्यत्र थारु सभा गर्दै पर्व मनाउँदै आएको समाजले यस बर्ष झापाको बुद्धशान्ति रोजेको थारु समाजका अध्यक्ष शेखर चौधरी(आनन्द)ले बताए ।

रामजानकी मन्दिरको सभाहलमा भएको सभामा बिभिन्न क्षेत्रबाट आएका थारु समूदायहरुले एकआपसमा शुभकामना साटासाट गर्नुका साथै सामुहिक साँस्कृतिक कार्यक्रम समेत गरेका थिए । सभामा थारु समूदायको आप्mनै पहिचान झल्किने पोषाक लगाएका थिए ।