एनएमसीको ३२ औँ सम्पर्क कार्यालय झापा बजारमा

झापा बजार / नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को ३२ औँ सम्पर्क कार्यालय झापा बजारमा विधिवत उद्घाटन भएकोछ । सम्पर्क कार्यालयको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले उद्घाटन गरेका हुन ।

झापा गाउँपालिका–२, झापा बजारमा संस्थाले सम्पर्क कार्यालयको स्थापना गरेसँगै कारोबारलाई गाउँगाउँसम्म पु¥याउँदै लगेको छ ।

आइतबार भएको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले विगतमा गाउँमा साहुमहाजनको चर्काे ब्याजमा ऋण लिएर किसानहरु मारमा परेको बताउँदै अब एनएमसीको पहुँचले सर्वशुलभ ब्याजदरमा ऋण उपलब्ध हुने विश्वास व्यक्त गरे ।

एनएमसीको कारोबारका कारण स्थानीयको जीवनस्तरमा सुधार हुने भन्दै शाहले गणतन्त्र तथा संघीयताको स्थापनासँगै पुरातन सामन्ती सोचको अन्त्य हुँदै गएको र यस दिशामा एनएमसी जस्ता सहकारीको योगदान महत्वपूर्ण हुने उनको तर्क थियो ।

एनएमसी शरणामती कार्यालयगत समिति संयोजक धनपती रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, सञ्चालक समिति सदस्य खेमनाथ मिश्र, वडा नं. २ का अध्यक्ष नेत्रबहादुर खड्का, डिल्लीराज माविका प्रधानाध्यापक भगदीप राजवंशी, इलाका प्रहरी कार्यालयका असई भक्तबहादुर लिम्बू, सशस्त्र प्रहरी बलका एनीकुमार तामाङलगायतले शुभकामना दिएका थिए ।

४ सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा एनएमसी शरणामती कार्यालयका कार्यालय प्रमुख रविन्द्र पाण्डेले स्वागत गरेका थिए भने झापा बजार सम्पर्क कार्यालयका कार्यालय प्रमुख अशोक पाठकले संस्थाको वित्तीय झलक प्रस्तुत गरेका थिए ।