स्वतन्त्र शाकोसको अध्यक्षमा पुनः इन्द्रकुमार

दमक / निर्माण मजदुरहरुद्धारा सञ्चालित दमक–६ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः इन्द्रकुमार राई चुनिएका छन् । शनिवार संस्थाको सातौ बार्षिक साधारणसभाको वन्दसत्रले आगामी तीन वर्षे कार्यकालका लागि राईको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक छत्रपति पाठकका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा सर्जु धिमाल, सचिवमा सुमन काफ्ले, कोषाध्यक्षमा भिमराज बेघा चुनिएका छन् ।

यस्तै सदस्यहरुमा कर्णसिंह तामाङ, मणिलाल राई, दुर्गामाया राई,बिमला कुमाल, हरिवहादुर राई,जमानसिंह खड्का र राजेन्द्र भट्टराई रहेका छन् । यसैगरि गंगाप्रसाद प्रसाईको संयोजकत्वमा भरत राई र प्रकाश राजवंशी रहेको लेखा समिति समेत सर्वसम्मत चयन गरिएको निर्वाचन संयोजक पाठकले जानकारी दिए ।

निर्वाचित समितिलाई आइतबार संस्थाको कार्यालयमा एक कार्यक्रम गरी सपथग्रहण गराएको थियो । ७६ लाख ६४ हजार ८ सय रुपैया शेयर पूंजी रहेको संस्थाले गएको वर्ष ३ करोड ९ लाख २६ हजार ७३ रुपैया निक्षेप, कर्जा लगानी ३ करोड २६ लाख ११ हजार २ सय ७५ गरेको पारित प्रतिवेदनमा जनाईएको छ । संस्थाको कुल शेयर सदस्य ९०५ रहेको जनाईएको छ ।