सामुदायिक वन स्तरीय फुटवलमा बहुवन र देउराली विजयी

कनकाई / झापाको कन्काइ नगरपालिकामा जारी सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगितामा बहु वन सामुदायिक वन २-० गोलले विजयी भएको छ । बहुवन सामुदायिक वनले आइतबार शान्ति सामुदायिक बन अर्जुनधारालाई पराजित गरेको हो ।

विजेता टोलीका तर्फवाट दिपेश मगर र सुरज सुनुवारले १/१ गोल गरेका थिए भने खेलको म्यान अफद म्याच शान्ती वनका बचन लिम्वू घोषित भए ।

आइतबारकै दोस्रो खेल देउराली चारकोशे सामुदायिक वन घेरावारी र कालिका सामुदायिक वन मेची नगरका विच भएको थियो । दोस्रो खेलमा देउराली चारकोशे सामुदायिक वनले कालिका सामुदायिक बनलाई ३—० गोलले पराजित गर्यो ।

देउरालीका तर्फवाट सुमन लिम्वू, मनिष शेर्पा र विज्ञान लिम्वूले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच देउरालीका फूलकुमार राजवंशी घोषित भए ।

सोमवारको पहिलो खेल पाथिभारा सामुदायिक वन कचनकवल र चन्द्रगढी सामुदायिक वन विच हुने छ भने दोस्रो खेल हलुवागढ सामुदायिक वन अर्जुनधारा र सुन्दर निचाझोडा सामुदायिक वन विर्तामोड विचहुने आयोजक समितिका अध्यक्ष सूर्यकुमार थापाले वताए ।

कनकाई नगरपालिकाको वडा नं. १ स्थित वन क्षेत्रको आफ्नै खेल मैदानमा शनिवारदेखी संचालन भएको प्रतियोगितामा झापा जिल्लाका २६ वटा सामुदायिक वनहरुको सहभागिता रहेको छ असोज ३० गते सम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरिने समितिका सदस्य घिमिरेले वताए ।

प्रतियोगितामा एन्फाका सन्तोष चौधरी खेलको मुख्य रेफ्रीका रुपमा रहेका छन् भने सहायक रेफ्रीहरु युवराज गिरी र नरेश लिम्वू रहेको बताइएको छ । प्रतियोगिता प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको हो ।