शिखर साकोसको नाफा २२ लाखभन्दा बढी, अध्यक्षमा पुःन दिपेन्द्र

बिर्तामोड / शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यो आर्थिक वर्षमा २२ लाख ९६ हजार नाफा गर्न सफल भएको छ । सोमबार बिर्तामोडमा सम्पन्न भएको सहकारीको आठौँ वार्षिक साधारणसभामा अध्यक्ष दिपेन्द्र राउतले संस्थाको नाफा सहितको प्रतिवेदन प्रस्तुत गरेका हुन ।

संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा ३ करोड ३२ लाख एक हजार तीन सय शेयर पुँजी पुर्याएको छ । चालु आर्थिक वर्षमा ४ करोड १० लाख रुपैयाँ शेयर पुँजी पुर्याउने संस्थाको लक्ष्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

६ हजार ५०९ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा २२ लाख ९६ हजार नाफा गर्न सफल भएको छ । संस्थाका अध्यक्ष राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य सचिव केदार न्यौपाने प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा विशेष अतिथि जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारी, विशिष्ट अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, निर्माण व्यवसायी दिपेन्द्र पोखरेल, बलराम कार्कीलगायतको उपस्थिति रहेको थियो ।

साधारणसभामा सहकारीले उत्कृष्ट सदस्यका रुपमा राजु साह, प्रेमकृष्ण श्रेष्ठ, मनिष पोद्दार, भूपालमान श्रेष्ठ, राधिका थापा, इन्दिरा अग्रवाल, विष्णुप्रसाद घिमिरे, रोशन घिमिरे, अजय कुमार कलवार, अशोक चौधरी, पूर्णकुमारी राजवंशी, मना राजवंशी, तारा घिमिरे, सन्तोष कालिकोटे, मित्रप्रकाश दुलाल, अनिता मगर, झलकबहादुर खत्री, हिमालचन्द्र शिवाकोटी, गणेश कार्की , पवित्रा चुडाल, राजेश मित्तल, कृष्णप्रसाद अधिकारी लगायत राजगढ र गरामनी सेवा केन्द्रका गरी जम्मा ३२ जनालाई सम्मान गरेको थियो ।

कार्यक्रमको स्वागत तारा खतिवडा र सञ्चालन संस्थाका सचिव हिमालय प्रसार्इंले गरेका थिए । साधारणसभाले नवनिर्वाचित पदाधिकारीलाई सपथ समेत गराएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा पुनः दिपेन्द्र राउत, उपाध्यक्षमा ऐश्वर्या पाण्डे, सचिवमा हिमालय प्रसाईं, सहसचिव तारा खतिवडा रहेका छन् ।

सदस्यमा सुचित्रा मेचे, रजनी राउत, मदन विश्वकर्मा, विज्ञान खड्का, किरण थापा र योगेक पौडेल रहेका छन् । लेखा समिति संयोजकमा अर्जुन चापागाईं र सदस्यहरुमा खगेन्द्र नेपाल र ज्योति शिवाकोटी रहेका छन्