पोखरामा एक युवाको हत्या

पोखरा / पोखराको पालिखेचोकमा धारिलो हतियार प्रयोग गरी गएराति एक युवाको हत्या भएको छ ।

पोखरा महानगरपालिका– ३, को पालिखेचोक नजिक प्रतीभा माध्यमिक विद्यालय अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन ।

मृतकको टाउको र खुट्टामा धारिलो हतियारको चोट दखिएकाले उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार, उनी प्रयोगविहीन सामानहरु संकलनको काम गर्दै आइरहेका थिए ।

स्थानीयले युवालाई मृत अवस्थामा भेटेपछि बिहान प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का तयार पारेर हत्यामा संलग्नको खोजी तिब्र पारेको जनाएको छ ।