‘बोकेदाह्री’को भोजपुरी गीत ‘स्टाइल मारेलु’ को म्यूजिक भिडियो सार्वजनिक

विर्तामोड / हाँस्य विधाका गीतहरु गाउने पूर्वका चर्चित गायक श्रीकृष्ण लुईटेल ‘बोकेदाह्री’को भोजपुरी गीत ‘स्टाइल मारेलु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बोकेदाह्रीको आवाज र अभिनयमा रहेको सो म्यूजिक भिडियो भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो । स्टाइल मारेलु बोकेदारीको भोजपुरी भाषाको गाइएको गित हो ।

‘ए बा किन्देउ न भटभटे, बाँके बर्दिया, तेरो बाउ थोते, डल्लेकी बहिनी’ सुनको सिक्री, हाम्रो आसाम, बुढी पोइला गईलगायत बोकेदारीका दर्जनौं हाँस्य विधाका गीतहरु च्र्चित छन् । मोफसलमा रहेर उनले सामाजिक सचेतनामूलक गीतहरुमा आवाज दिइरहेका छन् ।

‘स्टाइल मारेलु’मा उनकै शव्द र संगीत रहेको छ भने संगीत संयोजन डम्बर लिम्बूले गरेका छन् ।

                                                                              म्यूजिक भिडियो


http://https://youtu.be/RK9og3q1LUk

यसैगरी म्यूजिक भिडियोमा पनि उनी आफैं देखिएका छन् भने उनलाई अनिशा ओलीलगायतका कलाकारले साथ दिएका छन् । केशव रायमाझी, विपिन प्रसाई, शोभिलाल मेचे, विशाल ढुंगाना र सविन मेचे आदिले सो म्यूजिक भिडियोमा श्रीकृष्णलाई साथ दिएका छन् ।

भिडियो निर्देशन श्रीकृष्ण आफैंले गरेका छन् भने भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन् । म्यूजिक भिडियो कोरियोग्राफी राज सुब्बा लावतीले गरेका हुन् ।