चलचित्र ‘दैलो’ को ट्रेलर सार्वजनिक

विर्तामोड / सामाजिक कथा वस्तुमा आधारित नेपाली कथानक चलचित्र “दैलो” को ट्रेलर सार्वजनिक भएको छ । जमुनादेवी फ्ल्मिस प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र “दैलो” को ट्रेलर हाईलाईट्स नेपालले युट्भमार्फत सार्वजनिक गरेको हो ।

सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा निर्माणमा भएको नेपाली कथानक चलचित्र “दैलो”ेमा अप्रत्यक्ष दाईजो , शिक्षक र विद्यार्थी वीचको आत्मिय सम्वन्ध , अभिभावकको त्याग र समर्पण लगायतका सामाजिक विषयवस्तु कथाको रुपमा प्रस्तुत गरीएको छ ।

केही समय अघि सार्वजनिक गरीएको उक्त चलचित्रको बहुप्रतिक्षीत “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको गित दर्शक तथा श्रोता माझ निकै रुचाईएको छ । उक्त गितमा नबोदित गाायिका दुर्गा साउतले स्वर दिएकी छन् ।

लक्षुप्रकाश मल्लको संगीत तथा गीतो बिमल भट्टराईले शब्द लेखेका छन् । “कुतु कुतु लाग्यो मलाई , कुतु कुतु” बोलको उक्त गित युटुवमा सर्वजनिक भएपछी निक्कै चर्चा समेत पाएको छ ।

चलचित्रमा आईटम डान्सका रुपमा प्रस्तुत गरिएको उक्त गितमा गम्बीर बिष्टले नृत्य निर्देशन गरेका छन भने पवन पाठकले नृत्य गरेकी छन् । चलचित्रमा जम्मा २ वटा गीत रहेको निमार्ण नियन्त्रक दृष्टान्त आर्चायले जानकारी दिए ।

बिशुद्ध सामाजिक तथा पारिवारीक कथा बस्तुमा निर्माण भएको चलचित्र “दैलो” आउदो कार्तिक ३० गतेबाट नेपालभर एकसाथ प्रर्दशनमा आउने निर्देशक सुरेश उप्रतीले जानकारी दिए । चलचित्र प्रर्दशनको जिम्मा उपत्यका बाहिर एफ डि कम्पनिले लिएको छ ।

चलचित्रमा सुरेश उप्रेती , दुर्गा साउन , बिकाश चापागाई , दिक्षा आचार्य सापकोटा, मुना प्रसाई, दिपक डोटेल , सपना श्रेष्ठ , दिपक अधिकारी ,जीवन कुईकेल सञ्जय न्यौपाने अनु ढुङ्गाना तथा वाल कलाकार सुयोग उप्रती लगायतले अभिनय गरेका छन् ।

झापा, ईलाम र काठमाण्डौमा छायाँकन गरिएको चलचित्र “दैलो”मा बिमल भट्टराईले छायाँकनको भूमिका निर्वाह गरेका छन् भने तारा थापा किम्बेको एडिटीङ र सागर आचार्यले ५।१ मिक्सिङको कुसलता प्रस्तुत गरेका छन् ।

तिन दशक भन्दा बढी सानो ठुलो चलचित्रमा काम गरि सकेका कलाकार शुरेश उप्रेतीको लेखन तथा निर्दैशनमा निर्माण भएको चलचित्र “दैलो” ले दर्शकको मन जित्ने र सामाजिक सन्देश प्रवाह गर्ने निर्माणपक्षको विश्वास छ ।

छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यता विरुद्धमा चलचित्र दैलोले गतिलो सन्देश दिने प्रयत्न गरेको उनले बताए ।
यसोदा उपे्रती तथा अर्जुन उप्रेतीको निर्माणमा बनेको चलभित्र दैलौमा शिक्षक र बिद्यार्थी तथा परिवारमा छोराको भड्कीलो भूमिकालाई सामाजिक रुपले कथा बस्तुको रुपमा चित्रण गरिएको छ ।

नेपाल सरकारको चलचित्र जाँच समितिले चलचित्र सेन्सर पास गर्दै दैलोलाई सवैले हेर्न मिल्ने युनीभर्सलको मान्यता दिएको जनाईएको छ । चलचित्र झोला, जात्रा लागायत सन्देश मुलक चलचित्रले यस अघि युनीभर्सलको मान्यता पाएको जनाईएको छ ।

                                                                    चलचित्र “दैलो” को  ट्रेलर

http://https://youtu.be/iFKpj0zeCCo