पर्वको अवसरमा विद्यार्थीले गरे शुभकामना आदानप्रदान

चारआली / स्वतन्त्र विद्यार्थी युनियन त्रिदेव क्याम्पस कमिटि र भुतपूर्व विद्यार्थी समाजको आयोजनामा दसैँ तिहार र छठ पर्वको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश सभा सदस्य गोपाल बुढाथोकीको प्रमुख आतिथ्यमा एवम् स्वतन्त्र विद्यार्थी युनियन त्रिदेव क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मीन्यौपानेको सभापतित्वमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य टिकाराम मंग्रान्ति मेचीनगर १३ का वडाध्यक्ष कृष्ण सिग्देल, मेचीनगर ११ का वडाध्यक्ष सन्तोष कुमार मेचे, अनेरास्ववियुका झापा जिल्ला अध्यक्ष दुर्गा धमला, समाजसेवी धुव्र ओली, चारआली जेसीज वर्ष २०१८ का अध्यक्ष रोहित दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मनोज लम्सालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन योगेश भण्डारीले गरेका थिए ।