पञ्चकन्या सोसाइटीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड / बिर्तामोड १ स्थित पञ्चकन्या सोसाइटीको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बिर्तामोड १ नम्बर वडा कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झालाई सम्मान गरिएको थियो । सोसाइटीमा सडक बत्ती जडान कार्यमा सहयोग गरेबापत झालाई सम्मन गरिएको हो ।

त्यस्तै, बचत उपसमिति, विद्युत विस्तार उपसमिति र मन्दिर व्यवस्थापन उपसिमितलाई समेत सम्मान गरिएको थियो । सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रवक्त तथा वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ भरि पञ्चकन्य सोसाइटी सामाजिक गतिविधिमा अब्बल रहेको बताए ।

त्यस्तै, कार्यक्रममा वडा सदस्यहरु प्रेमकुमार खरेल र टिकाप्रसाद संग्रौला, समाजसेवी रघुनाथ सापकोटा, चण्डिकाप्रसाद उपाध्याय, विष्णुप्रसाद विमली, गौरा भेटवाल, सिएमए संघ झापाका अध्यक्ष प्रदिप खरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गत वर्षको आयव्यय प्रस्तुत गरिएको थियो भने स्थानीय बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेको सदस्य रोहितकुमार भट्टराईले जानकारी दिए । सोसाइटीका सचिव ओमनाथ उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष थर्कमान भट्टराईले स्वागत गरेका थिए ।